News

Nov 21, 2009

चालू आर्थिक वर्षको बजेट मंसीर १० गते पारित हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ७- चालू आर्थिक वर्षको बजेट मंसीर १० गते पारित हुने भएको छ। माओवादीले बजेट पारित गर्न दिनका लागि ३ दिनका लागि संसद् अवरोध खोल्ने निर्णय गरेपछि बसेको संसद्को कार्यव्यवस्था समितिको बैठकले १० गते बजेट पारित गर्ने गरी ३ दिनभित्रै बजेट पारित गरिसक्ने कार्यसूचि तयार पारेको हो। संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिले आइतबारको लागि तोकिएको संसद् बैठक भने सूचना टाँसेर अन्त्य गर्ने निर्णय गरेको छ। मौलिक अधिकार समितिको प्रतिवेदनमाथि छलफलका लागि सोमबार र मंगलबारका लागि यसअघि नै तोकिएको संविधानसभाको बैठक स्थगित गरिएको छ। उक्त समयमा बजेटमाथिको छलफलका लागि स्थगित गरिएको हो।कार्य व्यवस्था परामर्श समितिले गरेको निर्णय अनुसार, सोमबार विनियोजन विधेयकमाथि छलफल हुनेछ। मंगलबार आर्थिक विधेयकमाथि छलफल गर्ने र प्रधानमन्त्रीलगायत मन्त्रीहरूले जवाफ दिइसक्नेछन्। १० गते बजेट पारित गर्ने गरी कार्यतालिका हेरफेर गरिएको नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले जानकारी दिए।यसअघि ८ वटा मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफल सकिए पनि १६ वटा मन्त्रालयमाथिको छलफल गर्न बाँकी छ। ...नागरिक सर्वोच्चता' को माग गर्दै साउन २३ गतेदेखि माओवादीले लगातार संसद अवरुद्ध गर्दै आएको कारण बजेट पारित हुनसकेको थिएन।माओवादी सचिवालय सदस्य गिरिराजमणि पोखरेलले बजेटप्रति आफ्नो समर्थन नरहेकाले त्यसमाथिको छलफलमा भाग नलिने बताए। उनले बजेटमाथिको छलफलका बेला संसद्मा उपस्थित हुने-नहुने भन्ने बारे संसदीय बोर्डले निर्णय गर्ने पनि उनले जानकारी दिए। पोखरेलले नागरिकसँग भने, 'हामीले सके त बजेट असफल पार्ने हो, तर यसबारे निर्णय हुन बाँकी छ।' सरकारको अस्तित्वलाई नै अस्वीकार गर्दै आएको माओवादीका सभासद्हरू नीतिकार्यक्रममाथिको छलफलका समयमा पनि २ जना मात्र बैठक कक्षमा बसेर सांकेतिक विरोध जनाएका थिए।

No comments: