News

Nov 17, 2009

सिङ्गापुरमा कांग्रेस र माओवादीबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ नोभेम्बर, २००९,पार्टीको कुनै निर्धारित कार्यक्रम बिना पनि सिङ्गापुर पुगेका माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच सिङ्गापुरमै भेटवार्ता भएको छ । उहाँहरुबीच भएको भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर मध्यमार्गीबाटो मार्फत निकास खोज्ने सहमति भएको सिङ्गापुरमा रहेकी परराष्ट्र मन्त्री सुजाता कोइरालाले जानकारी दिएकी छिन् । कोइराला सिंगापुरस्थित ग्लेनिगल्स अस्पतालमा उपचार गराइरहनु भएको छ । कोइरालाका अनुसार उहाँहरुबीच उच्चस्तरीय संयन्त्र बनाउने र त्यस्को अध्यक्षता गिरिजाप्रसाद कोइरालाले गर्ने सहमति भएको छ । संयन्त्रबाटै मध्यमार्गी निकास खोजिने उनको भनाई थियो । मध्यमार्गी निकास अनुसार माओवादी सदनको अवरोध हटाउन सहमत भएको छ भने कांग्रेसले पनि राष्ट्रपतिको सेनापति थमौती कदममा माओवादीले उठाएको साझा संकल्प प्रस्ताव निर्माणमा लचकता देखाउने भएको छ । आधा घण्टा लामो छलफलमा नेताहरुले खुलेर आ आफ्नो कुरा राखेको बताइन् । प्रचण्डले सेनापति प्रकरणमा राष्ट्रपति डा.रामवरण यादवले चाल्नुभएको कदम सच्चिनेगरी सम्बोधन हुनुपर्ने बताएकोमा त्यसबारे कांग्रेस लचक हुने कोइरालाले बताइन । कोइरालाकाको स्वास्थ्य स्थितिमा पनि सुधार आएको उनले बताइन । कोइराला आइतबार स्वदेश फर्कदै हुनुहुन्छ ।

No comments: