News

Nov 21, 2009

राज्यमन्त्री करिमाले टेरिनन् प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१नोभेम्बर,२००९, निजामती कर्मचारीहरुले पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई कुटपीट गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि कारवाही गर्न सरकारलाई शुक्रबार बेलुकासम्मको अल्टिमेटम दिए पनि कारवाही नभएपछि आइतबारदेखि आन्दोलनमा उत्रिने भएका छन् । यता राज्यमन्त्री बेगमलाई माफी माग्न प्रधानमन्त्री माधवकुमार नेपालले दिएको निर्देशन राज्यमन्त्री बेगमले टेरेकी छैनन् । निजामति कर्मचारीहरुले राज्यमन्त्रीमाथि कारवाही नभए देशभरका सरकारी कार्यालय ठप्प पारी आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । सरकारले राज्यमन्त्री बेगममाथि कारवाही नगरेपछि कर्मचारीहरु आइतबारदेखि आन्दोलनमा उत्रिने तयारीमा जुटेका छन् । निजामति कर्मचारीहरुका विभिन्न संगठनहरुले सीडीओ कुट्ने राज्यमन्त्री बेगममाथि कारवाही नभए सरकारले कर्मचारीहरुको आन्दोलन थेग्न नै नसक्ने चेतावनी दिंदै आएका छन् । त्यसो त राज्यमन्त्री बेगमलाई माफी माग्न प्रधानमन्त्री माधवकुमार नेपालले निर्देशन दिएको भएपनि प्रधानमन्त्रीको निर्देशन राज्यमन्त्री बेगमले टेरपुच्छर लगाएकी छैनन । अघिल्लो साताको बुधबार नै राज्यमन्त्री बेगमलाई आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्री नेपालले पर्सा घटनाका सम्बन्धमा माफी माग्न निर्देशन दिएको भए पनि अहिलेसम्म राज्यमन्त्री बेगमले माफी मागेकी छैनन् ।

No comments: