News

Nov 17, 2009

पुरुष पनि वेश्याका रूपमा व्यवसायमा उत्रिए नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ मंसिर,महिला मात्र होइन, अब पुरुष पनि वेश्याका रूपमा व्यवसायमा उत्रिएका छन् । महिलाजस्तै सर्वत्र नभए पनि गोप्यरूपमा पुरुष वेश्या (जिगोलो) पैसा कमाउने धन्दामा लागेका छन् । व्यस्त श्रीमान्का धनाढ्य तथा नवधनाढ्य महिलाहरूमाझ काठमाडौंमा करिब तीन दर्जन पुरुष यौनकर्मी सक्रिय रहेको तथ्य प्रहरी अनुसन्धानबाटै खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सुरु गरेको विशेष अप्रेसनबाट काठमाडौंमा पुरुष यौन व्यवसायीको समूह रहेको तथ्य खुलेको हो ।वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालका अनुसार यौनकर्मीको रूपमा सक्रिय दुई समूहका २५ जना युवाको बारेमा प्रहरीले प्रारम्भिक जानकारी पाइसकेको छ । अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीका अनुसार दुई समूहमध्ये २१ जना पुरुष यौनकर्मीको विभिन्न पोजका तस्बिर प्रहरीको हात लागिसकेका छन् । यी तस्बिरमा पुरुष यौनकर्मीले महिलालाई आकषिर्त गर्ने भावभंगिमा प्रस्तुत गरेका छन् । अनुसन्धानका क्रममा प्रहरीले केही पुरुष यौनकर्मीलाई कार्यालयमा बोलाएर सोधपुछ गरिसकेको छ । एसएसपी सिलवालले भने, 'अहिले हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौँ, तर प्रारम्भिक अनुसन्धानबाटै काठमाडौंमा महिला यौनकर्मी मात्र होइन पुरुष यौनकर्मीको संख्या पनि बढ्दै गएको पुष्टि भएको छ ।'प्रहरीका अनुसार आफूलाई ल्याटिनो उपनामबाट चिनाउन चाहने एक जिगोलोले आफ्नो उमेर १८ वर्ष रहेको बताएका छन् । आफू अहिले कलेजमा अध्ययनरत रहेको र खर्चको जोहोका लागि आफू यौनकर्मीको रूपमा सक्रिय रहेको उनले बताए । उनले भने, 'यो मेरो साइड जब हो ।' उनले जिगलोहरूको अनौपचारिक सञ्जाल र इन्टरनेटमार्फत ग्राहक खोज्ने गरेका छन् । ल्याटिनोले ब्लगस्पटमा आफ्नो साइट बनाएर इमेल ठेगाना छोडेका छन् । प्रायः उनका ग्राहक त्यही साइटको माध्यमबाट सम्पर्कमा आउने गरेका छन् । 'यस्ता पुरुष यौनकर्मीको विशेष रेट छैन । प्रायः धनाढ्य महिलाले नै पुरुष वेश्या खोज्ने भएकाले उनीहरूलाई सन्तुष्ट बनाउन सकियो भने जति पनि पैसा पाउन सकिन्छ,' अनुसन्धानमा संलग्न प्रहरीलाई ल्याटिनोले भनेका छन् । प्रहरीका अनुसार जिगोलोहरू संगठित रूपमै काठमाडौंमा सक्रिय छन् । सबैभन्दा धेरै २१ जना सदस्य रहेको एक समूहले आफूलाई क्लबको रूपमा विकास गरेको छ ।जिगोलोहरूसँगको सोधपुछका क्रममा उनीहरूले फोन र इन्टरनेटको सहायताबाट आफ्नो सञ्जाल फैलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एससएपी सिलवालले भने, 'उनीहरू प्रत्यक्ष भेटघाटबाटभन्दा पनि फोन र इन्टरनेटको सहायताबाट
सन्देशहरू आदान-प्रदान गरेर आफ्नो व्यवसाय गरिरहेका छन् ।'अनुसन्धानमा डान्सबार र रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत युवाहरू पुरुष यौनकर्मीको रूपमा सक्रिय रहेको देखिएको छ । डान्सबार र रेस्टुरेन्टका बाउन्सरपछि कलेजमा अध्ययनरत युवाहरू यौनकर्मीको रूपमा सक्रिय छन् ।
प्रहरी आफ्नो गुप्त अनुसन्धानबाट जिगोलोहरू बढी सक्रिय रहेको स्थान र उनीहरूको बढी ग्राहक रहेको स्थानको समेत पहिचान गर्न सफल भएको छ । तीनमहिने लामो अनुसन्धानबाट जिगोलोहरू काठमाडौंका बाँसबारी, बालुवाटार, सानेपा, बबरमहल क्षेत्रमा सक्रिय छन् । प्रायः धनाढ्य वर्गको बस्ती रहेका स्थानहरूमा उनीहरूको चहलपहल बढी देखिन्छ । अनुसन्धानका क्रममा जिगोलोका केही ग्राहकहरूको समेत पहिचान भइसकेको प्रहरी दाबी गर्छ । सिलवालले भने, 'जिगोलोको नियमित सेवा लिने केही महिलाको समेत पहिचान भएको छ ।' प्रहरीको अनुसन्धानअनुसार पुरुष वेश्याको उपभोग गर्नेमा एकल महिलाको संख्या बढी छ । लाहुरेहरूको बस्ती रहेको स्थान र नवधनाढ्यहरूको बाक्लो बस्ती रहेको स्थानलाई उनीहरूले टार्गेट बनाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । अनौपचारिक क्लबको रूपमा संगठित भएका जिगोलोको संगठनले नै ग्राहक खोज्ने काम गर्दै आएको छ । उनीहरूले प्रायः ठूला होटलहरू, धनाढ्यहरूको बढी चहलपहल हुने केन्द्र र क्लबमार्फत ग्राहकको खोजी गर्ने गरेका छन् ।एकजना महिलाले एकजना पुरुष यौनकर्मी लगेबापत उनीहरूको संगठनलाई १० हजारदेखि ३० हजारसम्म रकम तिर्ने गरेका छन् । पुरुष यौनकर्मीले ग्राहकले तिरेको रकमबाट ४० प्रतिशत पाउँछन् । ग्राहक सन्तुष्ट भएर दिने उपहार यौनकर्मी एक्लैको हुन्छ । उनीहरूले ४० वर्षभन्दा तलका उमेरका महिलासँग यौनसम्पर्क राखेबापत केही कम रकम लिने गरेका छन् भने ४० माथिका महिलाका हकमा सेवा शुल्क महँगो लिने गरेका छन् । प्रारम्भमा ग्राहकसँग संगठनमार्फत सम्पर्क हुने गरे पनि पछि महिला ग्राहक र पुरुष वेश्याबीच सीधा सम्पर्क हुने कारण संगठन बिस्तारै निष्त्रिय बन्दै गएको प्रहरीको सम्पर्कमा आएका जिगोलोहरूले बताएका छन् । पुरुष वेश्याहरू महिला यौनकर्मीझै अधिकारका लागि संगठित भइसकेका छैनन् । सिलवालले भने, 'उनीहरू अहिले संगठनको प्रारम्भिक चरणमा रहेका छन् । तर, बेलैमा उनीहरूको र्‍याकेट र सक्रियता नभत्काउने हो भने भोलिका दिनमा उनीहरू थप सक्रिय हुने पक्का छ ।'

No comments: