लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५ नोभेम्बर, २००९, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी आन्दोलनलाई नदबाउन सरकारलाई सुझाब दिएका छन् । आफ्नै निवास महारजगञ्जमा भेट्न पुगेका गृहमन्त्री भिम रावललाई कोइरालाले यस्तो सुझाव दिएका हुन् । रावलसँगको भेटमा सभापति कोइरालाले माओवादी सहमतिमा आउने तयारी गरिरहेकाले उसको आन्दोलनलाई कुनै पनि तवरबाट दमन गर्ने प्रयास नगर्न सुझाव दिनुभएको कोइराला निकट श्रोतले बताएको छ । श्रोतका अनुसार कोइरालाले आगमि सोमबारसम्म माओवादीले आन्दोलन हेरफेर गर्ने र संसद सुचारु गर्न दिने विश्वास गृहमन्त्री रावललाई दिलाउनु भएको छ । कोइरालासँगको भेटमा गृहमन्त्रीले शान्ति सुरक्षा र समग्र राजनीतिक बिषयमा जानकारी गराउनु भएको छ ।गृहमन्त्रीले माओवादीको जारि आन्दोलन र त्यसलाई नियन्त्रण गर्न सरकारले गरेको तयारीका बारेमा पनि जानकारी गराएका थिए । त्यैगरी उहाँहरुकाबीच एमालेका अध्यक्ष झलनाथ खनालको भारत भ्रमण , प्रहरीका डि.एस.पि र एस.पि.को बढुवा लगायतका बिषयमा छलफल भएको श्रोतले जनाएको छ । सभापति कोईराला र गृमन्त्री रावलबीचको छलफलका क्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोईराला र साँस्कृति तथा संघियमामिला मन्त्री डा.मिनेन्द्र रिजाल लगायतका सहयोगीहरुको सहभागति रहेको थियो ।गृहमन्त्री रावलले छिट्टै प्रहरीका डि.एस.पि. र एस.पि.हरुको बढुवा गर्न लागेको काँग्रेस सभापति कोईरालालाई जानकारी गराएपछि कोईरालाले मुलुकको सेवामालागेकार् इमान्दा प्रहरीको बढुवा गर्न सुझाव दिएको श्रोतले जनाएको छ ।

No comments:
Post a Comment