News

Nov 20, 2009

फोरमले मधेसवादी दलका विरुद्ध आमसभा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर ४ गते । मधेसी जनअधिकार फोरमले मधेसवादी दलका विरुद्ध मधेसका पाँच जिल्लामा आमसभा गर्ने भएको छ । फोरमले जिल्ला निकाय, सभासद् तथा केन्द्रीय सदस्यहरूलाई गरिएको 'सर्कुलर' अनुसार मधेसका राजनीतिक पार्टीहरू र अन्य पार्टीहरूको मधेसविरोधी नीति तथा कार्यक्रमविरुद्ध आन्दोलनको तयारी गर्न आमसभा गर्न लागेको हो । मङ्सिर २० गते विराटनगरबाट सुरु हुने आमसभा २५ गते वीरगन्ज, २६ गते जनकपुर, २८ गते कपिलवस्तु र पुस २ गते नेपालगन्जमा आमसभा गरी समापन गर्ने कार्यक्रम रहेको छ । मधेसका मुद्दाप्रतिको गलत सोचाइबारे आममधेसी जनतालाई जानकारी गराउन एवं मधेसीविरोधी सरकारको नीतिविरुद्ध जनपरिचालन गरी मधेसी आन्दोलनको तयारीका लागि आमसभा गर्नु परेको र त्यसअनुसार तयारी गर्न जिल्ला पदाधिकारी, सभासद् तथा केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको छ । आमसभामा पार्टीका शीर्षस्थ नेताहरू तथा सम्बन्धित जिल्लाका नेताहरूले बोल्ने कार्यक्रम रहेको छ ।

No comments: