News

Nov 19, 2009

ठूले राईसहित २९ डिएसपीलाई गृह मन्त्रालयले बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर ४- द्वन्द्व कालमा माओवादी अपहरणमा परेका पहिलो सरकारी उच्च अधिकारी ठूले राईसहित २९ डिएसपीलाई गृह मन्त्रालयले बढुवा गरेको छ। बुधबार राति गृहमन्त्री भीम रावलले बढुवा समितिको सिफारिसलाई स्वीकृति दिएपछि उनीहरुको बढुवा भएको हो। बढुवा हुनेमा दिनेश अमात्य, नारायण भण्डारी, दानसिंह बोहोरा, पूर्णचन्द्र जोशी, कमल जीटी छन्। त्यसैगरी नारायणसिंह खड्का, गणेश थापा, पिताम्बर अधिकारी, केदार रिजाल, विक्रम गुरुङ, विकास श्रेष्ठ, सञ्जयराज शर्मा, तारणीप्रसाद लम्साल, हनुमान साह, राजु मानन्धर, ठाकुर ज्ञवाली, सूर्यप्रसाद उपाध्याय, मायाकुमार साह बढुवा भएका छन्।
विश्वनिरन्जन प्रधान, रामचन्द्र भण्डारी, हरिकृष्ण खाँड, राजेशकुमारलाल कर्ण, चिरञ्जीवी देवकोटा, दिलिप बस्नेत, मोहनबहादुर खड्का, वीरेन्द्र श्रेष्ठ, हरिभक्त प्रजापति र शेरबहादुर बस्नेतको पनि बढुवा भएको छ।
माओवादी अपहरणमा परेपछि १० वर्षसम्म ठूले राईको बढुवा हुन सकेको थिएन। माओवादी युद्धमा अपहरणमा पर्ने राई पहिलो उच्च सरकारी अधिकारी थिए। उनलाई ०५६ असोज ५ गते रुकुमको दङ्गा प्रहरी बेसक्याम्पमाथि आक्रमण गरी माओवादीले अपहरण गरेका थिए। माओवादीले डिएसपी राईलाई मुक्त गर्नका लागि आफ्ना नेता देव गुरुङलाई छुटाउनुपर्ने सर्त राखेको थियो। गुरुङ मुक्त भएपछि माओवादीले राईलाई छाडेको थियो।

No comments: