News

Nov 18, 2009

तीन ठूला दलहरुले पुन अर्को कार्यदल गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ नोभेम्बर, २००९,सहमतिका लागि बिगतमा गठन गरिएका कार्यदलहरुको औचित्य समाप्त भइसक्दा पनि अर्को सहमतिका लागि भन्दै तीन ठूला दलहरुले पुन अर्को कार्यदल गठन गरेका छन् ।बजेट पास गराउने बिषयमा आज भएको तीन दलको बैठकले सहमति जुटाउन अर्को कार्यदल गठन गरेको हो । आज गठित कार्यदलका सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसी, एमालेका तर्फाट युवराज ज्ञवाली र माओवादीका तर्फाट देब गुरुङ रहेका छन् । कांग्रेसको आग्रहमा आज बसेको तीन दलको बैठकले कार्यदललाई भोलीसम्ममा साझा सहमतिको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बैठकमा सहभागि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार आजको बैठकमा माओवादीले राष्ट्रपतिको कदम सहति अन्य बिषयमा पनि प्याकेजकै रुपमा सहमति गर्ने प्रस्ताव गरेपछि यस्तो कार्यदल गठन गरिएको हो । यसअधि भएका बैठकहरुमा पनि सहमति जुटाउन कार्यदल गठन गरिएको थियो । तर कार्यदलले कुनै सहमति जुटाउन नसकेपछि दलहरुबीच हुने भनिएको सहमति बिचैमा तुहिदैँ आएको छ । तर यस पटकको कार्यदलले भने सहमति जुटाउने विश्वास नेताहरुले गरेका छन् ।

No comments: