News

Nov 21, 2009

तत्काल तेस्रो चरणको आन्दोलन घोषणा नगर्ने निर्णय माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१नोभेम्बर,२००९,एकीकृत माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि सहमति कायम गर्न नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई पर्खने निष्कर्ष निकालेको छ । काँग्रेस सभापति कोइराला आइतबार स्वदेश फर्किएपछि तीन दलका शीर्ष नेताहरुको बैठक बसेर सहमति खोजिने निर्णय एकीकृत माओवादी पुगेको छ । सहमतिको सम्भावना रहेकाले तत्काल तेस्रो चरणको आन्दोलन घोषणा नगर्ने निर्णय पनि माओवादीले गरेको छ । आज शनिबार दिउँसोबाट शुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकको तयारीका लागि आज बिहान पार्टी मुख्यालय, पेरिसडाँडा कोटेश्वरमा बसेको बैठकले तीन दलका शीर्ष नेताहरुबीच पनि सहमति नभएमा तेस्रो चरणको आन्दोलनमा उत्रिने निर्णय गरेको छ । यस अगाडि माओवादीले सहमतिका लागि सरकारलाई मंसिर ५ गतेसम्मको अल्टिमेटम दिएको थियो ।आज बस्ने केन्द्रीय कमिटीको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीको धारणा सार्वजनिक गर्ने माओवादीले जनाएको छ । बैठकमा बजेट पारित गर्न संसद चल्न दिने या नदिने, आगामी माघमा हुने भनिएको पार्टीको महाधिवेशन लगायतका बिषयमा छलफल हुने माओवादीस्रोतले जनाएको छ ।

No comments: