News

Nov 22, 2009

सेनाको गुल्म सार्ने तयारी भएको भन्दै सर्वसाधारण सडकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत मंसिर ७- सदरमुकाम कुस्मास्थित नेपाली सेनाको गुल्म सार्ने तयारी भएको भन्दै पर्वतको देवीस्थानका सर्वसाधारणले विरोध गरेका छन्। सेनाको नयाँ भैरवी दल गुल्म देवीस्थान–८ स्थित माझीगाउँको चौरमा सार्न एक साताअघि गुल्मपतिले निरीक्षण गरेका थिए। आइतबार देवीस्थान गाविस वडा न ७, ८ र ९ का सर्वसाधारण सदरमुकाम आएर प्रदर्शन गरेका हुन। उनीहरुले जनताले तागोतगारो सन्धि सर्पन राखेको चौर सेनाले उपयुक्त माने पनि नदिने बताएका छन्। देवीस्थानबासी गाउँमा सेना आवश्यक नभएको भन्दै नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनमा निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई विरोधपत्र बुझाउँदै उनीहरुले सेनाको गुल्म माझी गाउँमा राखिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिए।देवीस्थानका नारायणप्रसाद भुषालले सेनाको गुल्म राखिए चरणबद्ध आन्दोलनमा जाने बताए। त्यसैगरी स्थानीयबासीको भावनाविपरितका काम नहोस् भन्नका लागि सचेत गराउन आफूहरु सदरमुकाम आएको इन्द्रकान्त शर्माले बताए।सदरमुकामस्थित गोदाममा रहेको सेनाको गुल्म सार्नका लागि स्थानीयबासीले पटक–पटक दबाब दिँदै आएपछि गुल्मलाई नयाँ ठाउँ व्यवस्थापनका लागि तीन करोड रुपैयाँ विनियोजन भएको नयाँ भैरवी दल गुल्म स्रोतले जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले भने त्यस विषयमा सम्बन्धित पक्षसँग बुझ्ने बताए।

No comments: