News

Nov 20, 2009

बानेश्वर रोजगार विभागमा गोली चल्दा छ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२०नोभेम्बर,२००९,बैदेशिक रोजगारीका बिषयमा बिवाद हुँदा बानेश्वरमा गोली चलेको छ ।रोजगार विभागमा गोली चल्दा छजना घाइते भएका हुन् ।अखिल नेपाल वैदेशिक रोजगार पीडित परामर्श सङ्घ र वैदेशिक रोजगार व्यवसायीबीचको झडपमा हुदा गोली चलेको बताइएको छ । झडपमा गोली लागेका माधव केसीलाई कान्तिपुर अस्पतालमा र अर्का एकलाई एभरेष्ट नर्सिङ होममा उपचार गरिँदै रहेको बानेश्वरका डिएसपी दिलिप चौधरीले बताएका छन्। दुई पक्षबीच विवाद हुदा गोली चलेको बुझिएको छ । घटनास्थल तनावग्रस्त छ भने प्रहरीले गोली चलाउनेको खोजी गरिरहेको छ ।

No comments: