News

Nov 17, 2009

ओबामाद्वारा नेपालका लागि राजदूत मनोनयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २, अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतमा भाइस काउन्सेल र श्रील‌ंकामा राजनीतिक शाखा प्रमुखका रुपमा काम गरिसकेका स्कट एच डेलिसीलाई नेपालका लागि राजदूत मनोनयन गरेका छन्।
अमेरिकी माथिल्लो सदन सिनेटको सुनुवाई समितिले पास गरेपछि उनी यस पदमा नियुक्त हुनेछन्। सुनुवाईको मिति तोकिएको छैन। अमेरिकी राजदूतावासद्वारा जारी प्रेस विज्ञप्ति अनुसार डेलिसी विदेश विभागमा २८ वर्षदेखि कार्यरत वरिष्ठ अधिकारी हुन्। उनले यसअघि इरिट्रियामा राजदूतको कार्यभार सम्हालेका थिए। पाकिस्तानमा पनि उनले काम गरेको भनिए पनि पद भने वक्तव्यमा खुलाइएको छैन।
हाल उनी विदेश विभागको मानव संसाधन ब्युरोमा कार्यरत छन्।

No comments: