News

Aug 21, 2009

वाणिज्य संसोधित स्वरुपमा शनिबार हस्ताक्षर भयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, भदौ ६- परिमार्जित र थप बुँदा सहितको नेपाल भारत बाणिज्य सन्धिमा शनिवार हस्ताक्षर भएको छ। अहिले गरिएको सन्धि प्रारम्भिक ढाँचाको भएको र पछि पूर्णरुप दिने सहमतिमा हस्ताक्षर भएको हो। सन्धिले पूर्ण रुप नपाएसम्म कार्यान्वयनमा भने आउने छैन। परिमार्जित बाणिज्य सन्धिमा नेपालको व्यापारलाई सहज बनाउन १४ नयाँ बुँदा थपिएका छन्। यसले नेपालले भारततर्फ पठाउने समानले व्यवहोर्दै आएको गैर भन्सार अवरोध हटाउन सहयोग पुग्छ। निजी क्षेत्रका उद्यमी व्यवसायीले थप परिमार्जनले यो सन्धि नेपालको व्यापार विस्तारमा रहेकाले यसलाई बाणिज्य सन्धि सन् १९९६ प्लस भनेका छन्। सन्धिको समय ७ बर्षका लागि थपिएको छ । दुई देशविच बृहत आर्थिक र लगानी सम्झौतामा जान आधार तयार गर्ने छ।बाणिज्य सन्धिसँगै अनाधिकृत व्यापार नियन्त्रण सम्झौतामा पनि हस्ताक्षर भएको छ। बाणिज्य मन्त्रीस्तरमा यो सन्धिमा हस्ताक्षर भएको हो।भारत भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपालले बाणिज्य सन्धिका लागि राजनीति तहमा पहल गरेका थिए। भारत नेपालको सवैभन्दा ठुलो व्यापारीक साझेदार भएकाले बाणिज्य सन्धि दुई देशबीचको व्यापारमा महत्वपुर्ण मानिन्छ ।सन्धी हस्ताक्षपछि प्रधानमन्त्री नेपाल शनिबार अपरान्ह ४ बजे नेपाल फर्कदै‌ छन्।यसअगाडि प्रधानमन्त्री नेपाल शुक्रबार भारतको आर्थिक राजधानी मुम्बई पुगेका थिए। मुम्बईमा प्रधानमन्त्री नेपालले पुर्वाधार निर्माण र मुम्बई स्टक एक्स्चेञ्जको भ्रमण गरेका थिए। एशियाको सबैभन्दा पुरानो मुम्बई स्टक एक्सचेञ्जमा प्रधानमन्त्रीले शुक्रवार दिउसो सेयर कारोवार बन्द भएको संकेत दिने घण्टी बजाएर बजार बन्द भएको जनाउ दिएका थिए।प्रधानमन्त्री नेपालले भारतले नेपालको सेयर बजारको आधुनिकिरणका लागि करिव १५ करोड रुपैंया सहयोग दिन सहमत भएको जानकारी दिए। नेपालले मुम्बई स्टकबाट सेयर बैंक केन्द्रिय निक्षेपण प्रणालीका लागि सहयोग खोजिरहेको थियो। नेपाल स्टकका उच्च अधिकारी पनि मुम्बई भ्रमणमा प्रधानमन्त्रीसँग थिए। प्रधानमन्त्रीसँग मुम्बई क्रिकेट बोर्डका अध्यक्षले पनि भेटेका थिए। क्रिकेटबोर्डबाट नेपालमा सहयोगबारे कुरा भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।भारतको प्रसिद्ध व्यवसायीक घराना टाटा इनर्जीले नेपालमा लगानी गर्ने इच्छा देखाएको छ। मुम्वईमा भारत उद्योग परीसंघ सीआईआईको कार्यक्रममा टाटा इनर्जीका वरिष्ठ अधिकारीले नेपालको जलस्रोत प्रति चासो देखाउँदै लगानीका लागि इच्छा देखाएका हुन्। टाटा मोटर्सका वरिष्ठ अधिकारीले मोटरको भन्सार दर उच्च भएको गुनासो गरेका थिए।प्रधानमन्त्री नेपालले भारतीय लगानीकर्तालाई जलस्रोत पुर्वाधार लगायतका क्षेत्रमा लगानीका लागि आउन आग्रह गरेका थिए। प्रधानमन्त्रीले विदेशी लगानीलाई संभव भए जति सुविधा दिने आश्वासन दिएका छन्। कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले परिमार्जित सन्धिले भारतीलाई लगानी र व्यापारलाई अझ सहयोग पुग्ने वताएका थिए । जयनगर देखि बर्दिवास र जोगबनी देखि विराटनरसम्म रेल मार्ग बनाउन भारतले बजेट छुट्याएको जानकारी दिएको छ । भारतले कतिपय पुर्व सहमति भएका योजना पनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरेको थियो।नेपालको माग अनुसार भारतले अत्यावश्यक खाद्यान्न नेपालमा निकासी गर्न भारत सहमत भएको छ। भारतले अत्यावश्यक खाद्यान्न निकासीमा प्रतिवन्ध लगाएको छ । नेपालले खाद्यान्नको उच्च मूल्य बृद्धि नियन्त्रण गर्न भारतले नेपालका लागि निकासी प्रतिवन्ध फुकुवाका लागि आग्रह गरेको थियो । तर भारतवाट जाने खाद्यान्न तेस्रो मुलुकमा पुन निकासी हुन सक्दैन भन्ने ग्यारेण्टी गर्नु पर्ने छ । पञ्चेश्वर बहुउद्देश्यीय योजनाका लागि प्राविधिक समिति मार्फत प्रकृया अघि बढाउन सहमती भएको छ। यस्तै विद्युत खरिद बिक्रीका लागि सहज बनाउन तत्काल र दीर्घकालका लागि ट्रान्समिशन लाइन बनाउन पनि भारत सकरात्मक भएको छ। यसका लागि छिट्टै एक टोली नेपाल जाने भएको छ।प्रधानमन्त्री नेपालको भारत भ्रमण अन्तिम दिन जारी गरिने करिव ३० बुँदे संयुक्त विज्ञप्तिमा यसलाई राखिने भएको छ। बाग्मती सभ्यताका लागि भारतले प्राविधिक समिति पठाउने बताएको छ।

No comments: