News

Aug 18, 2009

एकैपटक १२ सन्तान जन्माउन लागीन् एक महिलाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टियुनेसियाकी एक गर्भवती महिलाले एकैपटक १२ सन्तान जन्माउन लागेकी छिन् । ती महिलाको अहिलेसम्म नाम खुलाइएको छैन । तर, ती गर्भवती महिला शिक्षिका भएको बताइएको छ । उनले एकैपटक ६ छोरा र ६ छोरी जन्माउने चिकित्सकले बताएका छन् । कयौंपटक गर्भ तुहिएपछि उनले गर्भधारणका लागि उपचार गरेकी थिइन् ।बि्रटिस फर्टिलिटी सोसाइटीका डाक्टर मार्क ह्यामिल्टनले टियुनेसियाकी महिलाले एकपटक एक दर्जन सन्तान जन्माउन लागेको पुष्टि गरेका छन् । तर, गर्भवती हुदा थुप्रै जोखिम रहेको उनी बताउँछन् । गर्भवती महिलालाई नियमित रूपमा स्वास्थ्यकर्मीको रेखदेख आवश्यक भएको मार्क बताउँछन् ।गर्भवती महिलाको स्वास्थ्य अहिलेसम्म ठीक भएको डाक्टरले बताएका छन् । 'श्रीमती प्राकृतिक रूपमा सन्तान जन्माउन चाहन्थिन् तर, चिकित्सकले प्राकृतिक रूपमा सन्तान जन्माउन असम्भव भएको बताए,' श्रीमान् मारवान भन्छन् । अहिलेसम्म अमेरिकाको क्यालिफोर्नियाकी नाद्या सुलेम्यानले एकैपटक आठ सन्तान जन्माएर विश्व रेकर्ड राखेकी छिन् ।

No comments: