News

Aug 24, 2009

दुई दर्जन माओवादी लडाकुलाई सशस्त्र प्रहरीले नियन्त्रण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु, भदौ ८ - हतियार सहितका करीव दुई दर्जन माओवादी लडाकुलाई सशस्त्र प्रहरीले कपिलवस्तुको लोकमार्गस्थित ४ नम्वर जितपुरबाट सोमबार नियन्त्रणमा लिएको छ । पाँचवटा गाडीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका ति लडाकु समूहसँग इन्सास, एम १६ र पेस्तोल लगायतका हतियार रहेको बताइएको छ । सशस्त्र प्रहरीले लडाकु चढेको बा ००१ अ ७०, वा ००१ अ ६८, बा ५ च ५१५ र वा ५ ५ च ८८४८ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको ई-कन्तिपुर सहकर्मीले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई सदरमुकाम तौलिहवा पुर्‍र्याइएको सुरक्षा स्रोतले जनाएको छ । रुपेन्देहीका सैनामैना अस्थाई शिविरका कमाण्डर सूर्यबहादुर घर्ती भने बा ५ च ८८४८ नम्बरको गाडी सहित भागेको सुरक्षा स्रोतको भनाइ छ । पक्राउ परेका संख्या र हतियारबारे विस्तृत विवरण भने आएको छैन । माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालले लडाकु पक्राउ परेको पुष्टि गर्दै त्यसबारे थप अध्ययन भइरहेको बताए । पार्टी अध्यक्ष लगायतका नेताको सुरक्षाका लागि दाङको लमहीसम्म पुगेर र्फकदै गर्दा चौथो डिभिजनका लडाकुलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । त्यसैगरी वाइसीएलले आफ्ना नेता प्रहरीले पक्राउ गरेको भन्दै आज चितवनको मुख्य बजार बन्द गराएको छ । दुई ट्रक चिनी नियन्त्रणमा लिइ बेचीरहेको अवस्थामा वाइसीएल जिल्ला अध्यक्ष शैलेस उपाध्यक्ष अभिसेक लगायत चार जना पक्राउ परेकाले रिहाइको माग गर्दै वाईसीएलले चितवन बन्द गराएको हो ।

No comments: