News

Aug 19, 2009

माओवादी र सरकारबीचको सम्बन्ध सुधारका लागि यचुरीलाई अनुरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सिताराम यचुरीलाई एकिकृत नेकपा माओवादी र सरकारबीचको सम्बन्ध सुधारका लागि पहल गरिदिन अनुरोध गरेका छन्। भारतीय दैनिक टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नेपालले यचुरीलाई नेपाल नै आएर भए पनि सरकार र माओवादीबीचको सम्बन्ध सुधारको पहल गरिदिन हुन अनुरोध गरेका हुन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री नेपालले म‌‌गलबार यचुरीसँग भेट गरेका थिए।प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेका हाम्रा संवाददाताकाअनुसार नेपालले बुधबार भारतीय राष्ट्रपति प्रतिभा पाटिललाई भेट गरी नेपाल भ्रमणको निम्तो दिएका छन्। राष्ट्रपति रामवरण यादवका तर्फबाट उपयुक्त समयमा पाटिललाई नेपाल भ्रमणको निम्तो दिइएको हो। प्रधानमन्त्री नेपालले बुधबार नै भारतका उद्योग व्वायसायीसँगको छलफलमा नेपालमा लगानी गर्न अनुरोध गरेका छन्। सरकारका तर्फबाट विदेशी लगानीलाई प्रोत्साहन गरिएको भन्दै नेपालले भारतीय उद्योग व्यावसायीलाई नेपमाल लगानी गर्दा आफ्नै देशमा लगानी गरे जस्तो वातावरण बनाइएको बताए।

No comments: