News

Aug 20, 2009

भारत र अमेरिकाको लागि राजदूत अनुमोदित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ४ संसदीय सुनुवाई बिशेष समितिले अमेरिकाका लागि शङ्करप्रसाद शर्मा र भारतका लागि रुक्मशमशेर राणालाई राजदूतमा अनुमोदन गरेको छ।मन्त्रिपरिषद बैठकले राजदूतका लागि शर्मा र राणाको नाम प्रस्ताव गरेको थियो । बिहीबार बिहान बसेको संसदीय सुनुवाई बिशेष समितिको बैठकले नाम अनुमोदन गरेपछि शर्मा र राणालाई राजदूत बन्नको लागि बाटो खुलेको छ।दुबै जनाले आफूहरु देशको हीतमा काम गर्ने र नेपालको वेइज्जत हुने कुनै काम नगर्ने प्रतिवद्धता समिति समक्ष व्यक्त गरेका थिए।शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। राणा लामो समयदेखि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष थिए। राणा नेपाली का‍ग्रेसका स‍स्थापक नेता सुवर्ण शम्शेर राणाका छोरा हुन्।
समितिले श्रीलङ्काका लागि सिफारिस भएका सुशीलचन्द्र आमात्यको नाम बुधबार नै अनुमोदन गरेको थियो।सरकारले क्यानडाका लागि पूर्व मुख्य सचिव भोजराज घिमिरेको नाम पनि अनुमोदन गर्न पठाए पनि त्यहाँ दुताबास नै नभएको भन्दै समितिले अस्वीकार गरेको थियो ।

No comments: