News

Aug 23, 2009

स्थानीय बासिन्दाले सीमा-नाकामा विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर/ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आतंकबाट आजित भएका स्थानीय बासिन्दाले सीमा-नाकामा विरोध प्रदर्शन गरेका छन् । भारतीय सहर वनबासाबाट शुक्रबार साँझ फर्किंदै गरेका नौजना नेपालीलाई रोकेर एसएसबीले दुव्र्यहार गरेपछि विरोध प्रदर्शन गरिएको हो । एसएसबीले उनीहरूका ६ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ ।शनिबार बिहानैदेखि सीमाक्षेत्रका बासिन्दाले सीमा-नाका गड्डाचौकीमा चक्काजाम गरेका थिए । स्थानीय प्रशासनले तत्काल भारतीय अधिकारीहरूसँग छलफल गरेर समस्या सुल्झाइने आश्वासन दिएपछि प्रदर्शन रोकिएको छ । नियन्त्रणमा लिएकामध्ये तीनवटा मोटरसाइकल शनिबार साँझसम्म पनि एसएसबीले छोडेको छैन ।

No comments: