News

Aug 17, 2009

श्रीमान्सँग यौनसम्बन्ध राख्न नमान्ने महिलालाई खानापानी बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल/ अफगानिस्तानको नयाँ कानुनअनुसार श्रीमान्सँग यौनसम्बन्ध राख्न नमान्ने महिलालाई खानापानी दिन बन्द गर्न सकिन्छ । यो विधेयक सरकारी गजेटमा प्रकाशित भई कानुन भइसकेको छ । यसको पहिलो मूल विधेयकको निकै कडा विरोध भएको थियो । विरोधपछि राष्ट्रपति हमिद काजाईले यस विधेयकलाई फिर्ता लिएका थिए । तर, आलोचकका अनुसार मौजुदा संशोधित विधेयक संशोधनपछि पनि महिलाविरोधी छ । उनीहरूका अनुसार हमिद कर्जाईले अर्का साता हुने राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै सिया समुदायको मत हासिल गर्न यो विभेदकारी विधेयक पारित गरेका हुन् । यो कानुन अफगानिस्तानको सिया परिवारमा लागू हुनेछ । यस कानुनको मूल विधेयकअनुसार सिया महिलाले श्रीमान्सँग कम्तीमा पनि सातामा चारपटक यौनसम्पर्क गर्नुपर्छ । यस विधेयकको संशोधित रूप चुपचाप पारित गरिएको छ । राष्ट्रपति हमिद कार्जाईले यसलाई अनुमोदित गरिसकेका छन् । ह्युमन राइट्स वाचका काबुल प्रतिनिधि रिचेल रिड भन्छन्, 'कार्जाई यस कानुनको संशोधनलाई लिएर विश्वभरको दबाबमा छन् ।' उनका अनुसार कर्जाईका लागि अफगानिस्तानको कट्टरपन्थीको समर्थन अत्यन्त महत्त्वपूर्ण रहेको छ । यस कानुनअनुसार यदि श्रीमतीले श्रीमान्को यौनसम्बन्धको माग पूरा गरिनन् भने उनलाई खाना बन्द गर्न सकिन्छ । यसबाहेक यस कानुनमा जागिर खानका लागि महिलाले श्रीमान्को अनुमति लिनुपर्ने प्रावधान छ । यस कानुनमा बच्चाको रेखदेखको अधिकार पनि बाबु र बाबुपट्टकिा हजुरबुबालाई दिइएको छ ।

No comments: