News

Aug 24, 2009

उपराष्ट्रपतिको अन्तरिम आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ८ - सरकारले सर्वोच्च अदालतले ७ दिनभित्र नेपाली भाषामा सपथ लिन उपराष्ट्रपति परमानन्द झाको नाममा जारी गरेको अन्तरिम आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।राजधानीमा सोमबार आयोजित अन्तर्क्रियामा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री प्रेमबहादुर सिंहले उक्त प्रतिबद्धता जनाएका हुन् । आइतबार मात्र सर्वोच्च अदालतको पूर्ण इजलासले उपराष्ट्रपति परमानन्द झालाई विपक्षी बनाइ दायर गरिएको मुद्धाको फैसला गर्दै एकसाताभित्र नेपाली भाषामा सपथ गर्न आदेश गरेको थियो । मन्त्री सिंहले उपराष्ट्रपतिले सात दिनभित्रनै सपथ ग्रहण गर्ने सूचना सरकारलाई दिएको जानकारी दिदै उनले नेपाली भाषामा सपथ गर्नुको विकल्प नभएको बताए । 'उपराष्ट्रपति ज्यूले अन्यथा सोच्नुहुन्छ भन्ने म कल्पनै गर्न सक्दिन' उनले भने, 'सरकार सर्वोच्चको फैसला पूर्णत पालना गराउन प्रतिबद्ध छ ।' उनले संविधान भन्दा माथि कोही नहुने जिकिर गर्दै नेपालीमा सपथ लिदा उपराष्ट्रपतिको इज्जत अझ बढ्ने बताए । नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली, बारका पूर्व उपाध्यक्ष शेरबहादुर केसी, अधिवक्ता भिमार्जुन आचार्यले पनि सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

No comments: