News

Aug 18, 2009

माओवादीद्वारा संसद अवरुद्ध जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २ व्यवस्थापिका-संसदको मंगलबारको बैठक पनि एकीकृत नेकपा माओवादीका सभासद्को अवरोधका कारण नियमित कार्य सूचीमा प्रवेश नै नगरी बुधबारसम्मका लागि स्थगित भएको छ। बैठक प्रारम्भ हुनासाथ एकीकृत नेकपा माओवादीका सभासद्हरुले रोस्ट्रमअगाडि गई करिब २० मिनेट नाराबाजीका साथ रोस्ट्रम घेराउ गरेपछि सभामुख सुवास नेम्बाङले मंगलबारको कार्यसूचीमा रहेको कार्यक्रम हटाइएको जानकारी दिए ।आजको कार्यसूचीमा सङ्घीय मामिला, संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय र सूचना तथा साचार मन्त्रालय माथिको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यक्रम थियो।
व्यवस्थापिका-संसदको अर्को बैठक बुधबार दिउसो १ बजे बस्ने कार्कय्रम छ।

No comments: