News

Aug 22, 2009

थरुहटको 'सैन्य भेला' तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, भदौ ७- जातीय संगठन थरुहट राज्यपरिषद्ले ७ र ८ गते देउखुरीमा 'सैन्य भेला' गर्ने भएको छ। तराईका २२ जिल्लालाई 'थरुहट' प्रदेश भन्दै आएको परिषद्ले गत साउनमासार्वजनिक सूचना गरेर सैनिक भर्ना गरेको थियो। तिनै सैनिकहरुको सम्मेलन पहिलोचोटि दाङमा हुन लागेको हो। परिषद्ले गत माघमा दाङको देउखुरीमा आफ्ना केही युवा कार्यकर्तालाई 'सेना' को रुपमा सार्वजनिक गरेको थियो। परिषद्का सेनाप्रमुख वीरेन्द्र चौधरीले अहिलेसम्म कति भर्ती भए भन्नेबारे बताउन चाहेनन्।परिषद्ले आफ्ना सेनाका लागि चार ब्रिगेड तयार गरेको छ। गत वर्ष आन्दोलनका क्रममा मृत्यु भएका थारु युवाहरुको नामबाट बनाइएका ती ब्रिगेडहरुमा एक लाख सेना भर्ना गर्ने लक्ष्य राखिएको छ। सम्मेलनका लागि उसले दाङका व्यापारी र तथा गाउँघरमा समेत चन्दा अभियान तीव्र बनाएको छ।थरुहट जिल्ला परिषद् दाङका अध्यक्ष प्रकाश थारुले दुईदिने भेला आफ्नै प्रदेश स्थापना र आगामी सैन्य रणनीतिबारे छलफल हुने बताए। तर, भेलामा उसले सेनाहरुलाई भने निशस्त्र देखाउने भएको छ। तर, परिषद्ले आफूहरुसँग हतियार भएको दाबी गर्दै आएको छ।माओवादी शान्ति प्रक्रियामा आउनासाथ पश्चिम नेपालमा माओवादीबाट विद्रोह गरेका लक्ष्मण थारुले परिषद् गठन गरेका हुन्। स्थानीय स्रोत साधनमा आदिवासी अधिकार माग गर्दै आएको परिषद्ले स्थानीय सरकार बहिष्कार अभियान छेडेको छ।

थरुहटको सैनिक ब्रिगेड
प्रकाश ब्रिगेड(कैलाली, सुर्खेत, कञ्चनपुर, बाँके र बर्दिया)
रामप्रसाद ब्रिगेड(दाङ, कपिलवस्तु, नवलपरासी र रुपन्देही)
कमल ब्रिगेड(चितवन, बारा, पर्सादेखि सर्लाहीसम्म)
विपिन ब्रिगेड(महोत्तरी, धनुषा, सिराहा, सप्तरी र मोरङ)

No comments: