News

Aug 21, 2009

किरात जनवादी वर्कस पार्टी वार्तामा बस्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उदयपुर, ५ भदौ - देशको पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र सङ्घर्ष गरिरहेको किरात जनवादी वर्कस पार्टीका प्रवक्ता अनन्त राजकुमार राईले आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन्। प्रवक्ता राईले उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भने, "हामी सरकारसँग सफल वार्ता गरी आफ्ना मागलाई शान्तिपूर्ण तरिकाले राख्न चाहन्छौँ तर सरकारको बेवास्ताका कारण वार्ता हुन सकेको छैन।"पार्टीले उदयपुर, खोटाङ र भोजपुर जिल्लाका गाविस सचिवहरुसँग प्रत्येक गाविसलाई रु. दुई लाख चन्दा माग गरेको स्वीकार गर्दै पार्टीका पूर्णकालीन कार्यकर्ताहरुलाई व्यवस्थापन गर्नका लागि ठूलाठूला ठेकेदार कम्पनीहरुलाई समेत सहयोगका लागि रकम माग गरिएको उनले बताए।वर्कर्स र सरकारबीच गत वर्ष सुनसरीको धरानमा पहिलो चरणको वार्ता भइसकेको भए पनि पुनः दोस्रो चरणको वार्ता भने हुनसकेको छैन।प्रवक्ता राईलाई उदयपुरको एक उपभोक्ता समितिले पठाएको रकम काठमाडौँ गौशालामा निकाल्न जाँदा गत असार २ गते प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, उदयपुरमा बुझाएको थियो।जिल्ला प्रहरी कार्यालय, उदयपुरले प्रवक्ता राईलाई जबरजस्ती चन्दा असुली र अपहरण गर्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत, उदयपुरमा मुद्दा दर्ता गराई रु. दुई लाख २५ हजार धरौटीमा रिहा गरेको थियो।

No comments: