News

Aug 23, 2009

गिरिजाप्रसाद कोइराला एकल नेतृत्वको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७ - नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीलाई सामूहीक नेतृत्वमा लैजान नहुने तर्क गरेका छन् । बहुपदीय प्रणाली अन्तर्गत सामूहीक नेतृत्वमा लैजादा गुट उपगुटमा पार्टी विभक्त हुने भन्दै उनले एकल नेतृत्व नै ठीक भएको बताए ।तीजको अवसरमा महाराजगंजस्थित आफ्नै निवासमा पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापानमा उनले बहुपदीय प्रणालीमा गएको एमालेमा विवाद बढेको भन्दै कांग्रेसमा त्यसो हुन नदिने उल्लेख गरे । स्रोतका अनुसार उनी सभापतिलाई कम अधिकार प्रत्यायोजन गर्ने मस्यौदा विधानको खिलापमा छन् । चियापानपछि संचारकर्मीहरुसंग कुरा गर्दै कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले सभापतिलाई संतुलित बनाउन मनोनित हुने पदाधिकारीहरुको संख्या बढाउन कोइरालाले आग्रह गरेको बताए । कोइरालाले फागुन मसान्त भित्र १२औं महाधिवेशन सम्पन्न गर्ने गरी काम थाल्न निर्देशन दिए । परराष्ट्रमन्त्री सुजाता कोइराला भारत भ्रमणमा नगएको विषयमा केही नेताले कुरा उठाएपछि उनले त्यसमा बढी विवाद नगर्न आग्रह गरेका थिए । कोइरालाको भनाई उदृत गर्दै एक नेताले भने अहिले सबैको ध्यान महाधिवेशनमा केन्द्रीत गर्नुपर्छ अन्य साना साइड लाइनका कुरा उठाउनु हुदैन ।

No comments: