News

Aug 22, 2009

मिसेल ओबामा विश्वका शक्तिशाली महिलाहरूको सूचीमा चालीसौँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी प्रथम महिला मिसेल ओबामा विश्वका शक्तिशाली महिलाहरूको सूचीमा चालीसौँ नम्बरमा परेकी छिन् । फोब्र्स पत्रिकाको उक्त सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल यसपालि पनि शीर्ष स्थानमा छिन् । मर्केलले योसमेत गरी चारपटक शक्तिशाली महिलाको ताज पहिरिसकेकी छिन् । शक्तिशाली महिलाको सूचीका उत्कृष्ट दसमध्ये ६ स्थान अमेरिकी, तीन युरोपेली र एक एसियाली महिलाले ओगटेका छन् । 'हामीले आफ्ना क्षेत्रमा महत्त्वपूर्ण स्थान हासिल गरेका सयौँ महिलाको अवलोकन गर्‍यौँ । व्यापार, राजनीति, समाजसेवा आदि क्षेत्रका उत्कृष्ट महिलालाई शक्तिशाली हुनुको सन्दर्भमा एक अर्कासित तुलना गर्यौं,' सूचीकी सहसम्पादक चाना सोएनवर्गर भन्छिन् ।यो सूची सार्वजनिक हुन थालेको ६ वर्ष भयो । यस वर्ष यस सूचीमा राष्ट्रपति, प्रधानमन्त्री तथा चान्सलरजस्ता उच्च पदका १० महिला र ठूला व्यापारिक संस्थाका २७ महिला परेका छन् ।

No comments: