News

Aug 17, 2009

विद्युत् प्राधिकरण सवा १२ अर्ब घाटामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल विद्युत् प्राधिकरणको सञ्चित नोक्सानी १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०६५/६६ को अपरिस्कृत वित्तीय विवरणअनुसार सो वर्ष मात्र ४ अर्ब ६८ करोड रुपैयाँ खुद नोक्सानी भएको छ ।
२४औं वाषिर्कोत्सव अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झाले सो जानकारी दिएका हुन् । घाटाको मुख्य कारण लागतभन्दा सस्तोमा बिजुली बेच्नुपर्ने बाध्यता रहेको झाले बताए । उनका अनुसार, प्राधिकरणको विद्युत सेवाशुल्क प्रतियुनिट ९.०५ रुपैयाँ छ भने प्राधिकरणले प्राप्त गर्ने मूल्य ६.७१ रुपैयाँ छ ।प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसमध्ये विद्युत् बिक्रीको आम्दानी १५ अर्ब २२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा आम्दानी १.२ प्रतिशत बढे पनि सञ्चालन खर्च १३ प्रतिशत वृद्धि भएकाले घाटा उच्च भएको झाले जानकारी दिए ।यन्त्र-उपकरणसहित प्राधिकरणको खुद सम्पत्ति ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको जनाइएको छ । गत वर्ष ४२ मेगावाटका १२ नयाँ विद्युत् खरिद सम्झौता भएका र ९ मेगावाट पुरानै परियोजनामा थप खरिद सम्झौता गरेको प्राधिकरणले जनाएको छ । १२ सय ९ मेगावाटका ८७ विद्युत् खरिद सम्झौता विचाराधीन रहेको झाले बताए ।सो अवसरमा ऊर्जा सचिव शंकरप्रसाद कोइरालाले भारतबाट बिजुली आयात गर्दा घाटा भएको रकम सरकारले व्यहोरिदिने भएकाले प्राधिकरण बिजुली ल्याउन डराउन नहुने बताए ।'सरकारले गत वर्ष नै ३८ बुँदेमार्फत सो विषयमा सैद्धान्तिक निर्णय गरिसकेको छ', उनले भने, 'अब महँगोमा बिजुली ल्याएर बेच्दा घाटा भएको रकम शोधभर्ना माग्न प्राधिकरण आफैं अघि सर्नुपर्छ ।'

No comments: