News

Aug 20, 2009

माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउन छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, भदौ ४ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउन दलहरुसंग छलफल सुरु भएको बताएका छन् । बिहीबार विराटनर विमानस्थलमा पत्रकारहरुसंगको भेटघाटमा दाहालले बुधबारबाट छलफल सुरु भएको बताएका हुन् । 'माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार भनू वा नया सरकार बनाउनेबारे हिजो -बुधबार) बाट दलहरुसंग छलफल सुरु भएको छ' उनले भने 'छलफलले सकारात्मक सन्देश दिदैछ ।' छलफल कोसंग के के हुदैछ भन्ने बारे बताउन नचाहेका उनले थपे 'सबै कुरा बिस्तारै थाहा हुन्छ ।' 'अहिलेको सरकारबाट गिरिजाबाबु पनि सन्तुष्ट हुनुहुन्न' दाहालले भने 'गिरिजाबाबुसंग पनि चाडै भेटेर छलफल गर्दैछु ।' नागरिक सर्बोच्चता कुल्चेर बनेको सरकार ढलिसकेको उनको धारणा छ । 'प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र मन्त्री नजानु र नेपाल भारत व्यापार सन्धिमा हस्ताक्षर हुन नसक्नुले अहिलेको सरकार ढलिसकेको प्रस्ट भइसकेको छ' उनले भने 'माओवादी नेतृत्व विनाको सरकारको बिकल्प छैन ।' माओवादी नेतृत्व विनाको सरकारले शान्ति स्थापना र संबिधान लेखन हुन नसक्ने दाबी गर्दै दाहालले छिट्टै नया सरकार बन्ने बताए ।

No comments: