News

Aug 21, 2009

अप्सरा रेग्मीले आत्महत्या गरेको प्रमाण फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परिवारले हत्याको दावी गरेको काठमाडौं जितपुर गाविस ८ की अप्सरा रेग्मीले आत्महत्या गरेको पहिलो प्रमाण प्रहरीले फेला पारेको छ। उनको शवमा भेटिएको सुसाइड नोटमा उनकै हस्तलेखन रहेको अनुसन्धानबाट खुलेको छ। महानगरिय प्रहरी बृत्त महारजगञ्जका अनुसार शवसँगै भेटिएको सुसाइड नोट केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट जाँच हुँदा अप्सराकै प्रमाणित भएको हो ।तर उनको शव सड्न थालेको अवस्थामा भएकाले पोष्टमार्टम रिपोर्टमा भने मृत्युको कारण खुल्न सकेको छैन । महाराजगाज बृत्तका प्रहरी नायब उपरिक्षक सरदकुमार खत्रीले भने 'पोष्टमार्टममा मृत्युको कारण नखुलेपछि भिसेराको रिपोर्ट पर्खिरहेका छौं अनुसन्धान जारी छ ।'जितपुर घर भइ बालाजुमा मामा घरमा बसेर एन् आर कलेजमा पढ्दै आएकी २० वर्षिय अप्सराको शव चपली गाविस वडा नम्बर ८ को सामुदायीक बनमा साउन २७ गते भेटिएको थियो । अप्सराको शवसँगै फेला परेको सुसाइड नोटमा जीवनदेखि वाक्क लागेको र आत्महत्या गरेको उल्लेख छ ।रेग्मीको परिवारले हत्याको आरोप लगाई लिखित जाहेरी दिएपछि प्रहरीले नेपाली सेनाका प्यूठ लालबहादुर कार्की र पत्रकार हरी प्रतिज्ञलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रेग्मी साउन २० गतेदेखि बेपत्ता थिइन् ।कार्कीलाई नेपाली सेनाले पक्राउ गरी प्रहरीमा अनुसन्धानका लागि बुझाएको थियो । पक्राउ परेका कार्की र प्रतिज्ञले अप्सरासँग फोनमा कुरा हुँदै आए पनि उनी हराएपछिको घटना आफूलाई थाह नभएको बयान प्रहरीलाई दिएका छन् ।

No comments: