News

Aug 18, 2009

एघार सय प्रहरीलाई कारबाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- नेपाल प्रहरीले कानुनविपरीत काम गरेको आरोपमा दुई प्रहरी अधिकृतसहित ३ सय २३ जनालाई बर्खास्त गरेको छ।प्रहरी प्रधान कार्यालयले एक वर्षभित्र विभिन्न तहका १ हजार १ सय ३० प्रहरीलाई कारबाही गरेको छ।प्रहरी नियमविपरीत आर्थिक प्रभावमा परेर बद्नियतपूर्ण काम गरेको दंगा नियन्त्रण गर्न अक्षम भएको र खटाएको ठाउँमा नगएको भन्दै तिनलाई कारबाही गरिएको हो। अन्यलाई नसिहत ग्रेड रोक्का ग्रेड घटुवा पदोन्नति रोक्का पद घटुवा गरिएको छ। नोकरीबाट हटाइएकामा दुई निरीक्षक नौ प्रहरी नायब निरीक्षक १४ सहायक निरीक्षक एक सय ११ हवल्दार एक सय ७२ जवान र १५ परिचर छन्। तीमध्ये २२ जनालाई आर्थिक सुविधा नपाउने गरी नोकरीबाट हटाइएको छ।यस्तै एक प्रहरी उपरीक्षक तीन प्रहरी नायब उपरीक्षक ११ निरीक्षक २७ प्रहरी नायब निरीक्षक ६९ प्रहरी सहायक निरीक्षक २ सय ८८ हवल्दार र २ सय ६० जवानलाई नसिहत दिइएको थियो। प्रहरी प्रधान कार्यालयले प्रवक्ता विनोद सिंहले भने कारबाहीमा परेका व्यक्तिको नाम सार्वजनिक गर्न नमिल्ने बताए।तीमध्ये दुई निरीक्षक सात नायब निरीक्षक १३ सहायक निरीक्षक र १५ हवल्दारको ग्रेड रोक्का गरिएको छ।स्रोतका अनुसार कारबाहीमा पर्नेमध्ये एक निरीक्षक एक नायब निरीक्षक दुई सहायक निरीक्षक ६ हवल्दार र २१ जवानलाई ग्रेड घटुवा गरिएको छ। यस्तै एक सहायक निरीक्षक र १० हवल्दारको पद घटुवा गरिएको छ।
लामो समय कार्यालयलाई जानकारी नदिई बाहिर बसेका प्रहरीलाई नोकरीबाट हटाएको प्रधान कार्यालयले जनाएको छ। पटकपटक सम्पर्क गर्दा पनि कार्यालयमा उपस्थित हुन नआएकाले नोकरीबाट हटाएको एक प्रहरी अधिकृतले जानकारी दिए।

No comments: