News

Aug 19, 2009

प्रधानमन्त्रीले माओवादीलाई सरकारमा सहभागी गराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३ - प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादीलाई सरकारमा सहभागी गराउने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री नेपालले भारतीय विदेशमन्त्री एस एम कृष्णासंगको भेटमा उक्त कुरा बताएका हुन ।भेटपछि संचारकर्मीसंग कुरा विदेशमन्त्री कृष्णाले प्रधानमन्त्री नेपाल माओवादीलाई सरकारमा सहभागी गराउनेमा आफूहरु विश्वत रहेको बताए । आजै प्रधानमन्त्री नेपालले भारतीय राष्ट्रपति प्रतिभा पाटिलसँग भेट गरेका छन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध तथा हित बारे छलफल भएको थियो । प्रधानमन्त्री नेपालले आजै भारतीय उधोग व्यवसायीसँग भेट गरेका छन् । भेटमा उधोग व्यवसायीहरुले नेपालमा बन्द हडतालले गर्दा लगानी गर्ने वातावरण नभएको गुनासो गरेका थिए । प्रतिउत्तरमा प्रधानमन्त्री नेपालले लगानीको वातावरण बनाउन चाँडै लगानी बोर्डको गठन गर्ने बताए ।

No comments: