News

Aug 20, 2009

भारतले नेपाललाई ३२ अर्ब नेपाली रुपैया सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ४ - भारतले नेपाललाई ३२ अर्ब नेपाली रुपैया बराबरको आर्थिक सहयोग गर्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालसंग भएको भेटमा भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले प्रहरी प्रतिष्ठान,हुलाकी राजमार्ग, वीरगंज र विराटनगरमा एकीकृत सुरक्षा जाँच चौकी स्थापना तथा रेलवे लिंकका लागि उक्त रकम प्रदान गर्ने बताएका हुन् । सहयोगले आर्थिक पनर्संरचनमा जुटेको नेपाललाई थप टेवा पुग्ने अर्थमन्त्री मुखर्जीले विश्वास व्यक्त गरे । अर्थमन्त्रीसंगको भेटपछि प्रधानमन्त्री नेपालले त्यहाँका गृहमन्त्री पी चिदम्बरमसंग सीमापार अपराध नियन्त्रणका विषयमा छलफल गरेका छन् । भेटमा चिदम्बरमले सीमापार अपराध नियन्त्रणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले दुइ देशका सुरक्षा अधिकारीबीच सुरक्षा मामिलामा समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए ।

No comments: