News

Aug 19, 2009

सुडान प्रकरण विवरण बुझाउन गृहलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३ - व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले राष्ट्र संघीय मिसनको क्रममा सुडानमा खटिएको नेपाल प्रहरीबारे पाच दिनभित्र सम्पूर्ण विवरण बुझाउन गृह मन्त्रालयलाइ निर्देशन दिएको छ ।सुडानका लागि पठाइएको बन्दोवस्तीका सामाग्री काम नलाग्ने अवस्थामा पुगेको खवर सार्वजिन भए लगत्तै राज्य व्यवस्था समितिले बुधबार गृहमन्त्री भीम रावललाई सोधपुछ गरी सामाग्रीको ठेक्का प्रकृया सम्झौता तथा मिसनमा जाने प्रहरीको चयन लगायतबारे जानकारी माग गरेको हो । समितिका सभापति रामनाथ ढकालले ति बिषयका आवश्यक सबै कागजात बुझाउन निर्देशन दिए । यसअघि समिति बैठकमा सभासदको प्रश्नको जवाफ दिदै गृहमन्त्री रावलले उक्त बिषय गम्भीर भएकाले उच्चस्तरीय छानबीन टोली गठन गरीने बताए । प्रहरीका लागि राष्ट्रसंघीय मिसनमा पठाइएको सामाग्री अलपत्र पर्दा राष्ट्रिय स्वभिमानमा चोट पर्ने भन्दै सभासदले सरकारको ध्यानाकर्षा गराएका थिए । एक बर्षअघि सुडानमा पठाइएका सामाग्री कामै नलाग्ने अवस्थाका पाइएपछि नेपाल प्रहरीको ३६ करोड रुपैया गुम्ने भएको छ ।

No comments: