News

Aug 23, 2009

स्वाइन फ्लुबाट नेपालमा थप ६ जना संक्रमित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७ - स्वाइन फ्लुबाट नेपालमा थप ६ जना संक्रमित भएका छन् । पछिल्लो पटक स्वास्थ्य परीक्षणको क्रममा ३ महिला, २ पुरुष र १ बालकमा स्वाइन फ्लुको जीवाणु पाइएको हो । विभिन्न देशबाट हवाइ मार्ग हुदै नेपाल भित्रिने क्रममा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा स्वाइन फ्लुको जीवाणु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षणको क्रममा काठमाडौका १२ बर्षे बालक, ३६ र २८ बर्षीय पुरुष तथा चितवनकी ३६ बर्षीय महिला, ललितपुरका ४९ बर्षीय र धनुषाका ३० बर्षे पुरुषमा स्वाइन फ्लुको जिवाणु भेटिएको छ ।विदेशबाट नेपाल भित्रिने व्यक्तिहरुमा स्वाइन फ्लु जिवाणु भेटिएपनि नेपालमै यो रोगको प्रकोप नभेटिएको मन्त्रालयको दाबी छ ।
यसअघि नेपालमा २२ जनामा स्वाइन फ्लुको जीवाणु फेला परेको सार्वजनिक भइसकेको छ ।

No comments: