News

Aug 22, 2009

राज्यमन्त्री जितु गौतम झापाको बाढीग्रस्त क्षेत्रको अवलोकनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्य प्रशासन राज्यमन्त्री जितु गौतम दर्जीले शुक्रबार झापाको बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । राज्यमन्त्री गौतमको टोलीमा सभासद्हरू केशवकुमार बुढाथोकी, उषा गुरुङ र अग्नि खरेलसमेत सहभागी थिए ।अविरल वर्षापछि झापा र इलामका विभिन्न नदीनालामा आएको बाढीपहिरोमा परी सातजनाको मृत्यु भएको छ भने मेचीको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसहित झापाका दुई दर्जन गाविस डुबानमा परेका छन् ।२८ साउनदेखि ३ भदौसम्म आएको बाढीले झापामा १८ सय ८२ जना विस्थापित भएका छन् ।

No comments: