लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौँडा, कात्तिक २३ गते ,काठमाडौँ-तराई जोड्ने बहुप्रतीक्षित राष्ट्रिय प्राथमिकताप्राप्त फास्ट ट्रयाक (द्रुत मार्ग) परियोजनाको सोमबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि झन्डै ७६ किलोमिटर लामो परियोजनाको उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले मकवानपुरको मकवानपुरगढी गाविसस्थित बुधुनेमा शिलान्यास गर्नुभयो ।
करिब ५६ अर्ब रुपियाँको लागतमा निर्माण गर्न लागिएको यो सडक तीन वर्षभित्र पूरा गरिने योजना रहेको छ । सरकारले बजेटबाट ट्रयाक खोल्न सेनालाई २५ करोड रुपियाँ छुट्टयाएको छ भने अर्थ मन्त्रालयले तत्कालका लागि १० करोड रुपियाँ सेनालाई दिएको छ ।सडक निर्माण भएपछि नेपालको बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढबाट हेटाँैडा हुँदै राजधानीसम्म पुग्न जम्मा डेढ घन्टामात्र लाग्नेछ । प्रस्तावित काठमाडौँ बाग्मती नदी-ठिङ्गन-छतिवन-निजगढ दु्रत मार्ग अहिले सञ्चालनमा रहेका तराईलाई काठमाडौँसँग जोड्ने पक्की दुई मार्ग पृथ्वी राजमार्ग र त्रिभुवन राजपथभन्दा छोटो र फराकिलो हुनेछ । मकवानपुर जिल्ला हुँदै राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, कान्ति राजपथ, गणेशमान मार्ग, मदन भण्डारी मार्गलगायतका पक्की र कच्ची गरी अहिले हेटौँडा र काठमाडौँ जोड्ने आधा दर्जन सडक प्रयोगमा छन् ।एक अध्ययनले फास्ट ट्रयाक सञ्चालनमा आएपछि छोटो दूरीका कारण सवारीसाधनमा प्रयोग गरिने डिजेल तथा पेट्रोलमात्रै वाषिर्क झन्डै पाँच अर्ब रुपियाँबराबर बचत हुने देखाएको छ । अर्थ मन्त्रालयले फास्ट ट्रयाक छ लेनमा बनाउने प्रस्ताव गरेको छ भने अहिले सेनाले यसलाई चार लेनमा ट्रयाक खोल्दैछ । फास्ट ट्रयाकबारे जानकारी गराउँदै नेपाली सेनाका विकासनिर्माण उपरथी नरेशबहादुर बस्नेतले बजेट पाए समयमै ट्रयाक खोलिने बताउनुभयो । उहाँले जग्गा अधिग्रहणका बेला समस्या आउनसक्नेतर्फ सचेत बनाउँदै सरकारलाई समयमै बजेट निकासा गर्न आग्रह गर्नुभयो । उपरथी बस्नेतले भौतिक योजना तथा निर्माण मन्त्रालयसँग सीधा सम्पर्क भएमा तोकिएकै मितिमा सेनाले ट्रयाक खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रस्तावित उत्तर-दक्षिण द्रुत मार्गमा मकवानपुरको मकवानपुरगढी गाविस वडा नं. १ स्थित बुधुनेबाट हेटौँडा नगरपालिकालाई जोड्ने दुई लेनको १८ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । त्यसैगरी द्रुत मार्गको दक्षिणतर्फको अन्तिम बिन्दु निजगढबाट अहिले सञ्चालनमा रहेको महेन्द्र राजमार्गको निजगढ-पथलैया सडक खण्डको १८ किलोमिटर लम्बाइको दुई लेनको सडकमा थप दुई लेन सडक निर्माण गरिने भएको छ । प्रस्तावित दु्रत मार्गको काठमाडौँ-निजगढ सडकखण्डमा पर्ने ठिङ्गनमा १.३ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ ।
सडक निर्माण क्षेत्रमा आवासीय, व्यावसायिक, सामुदायिक, धार्मिक, सरकारी र निजी गरी ५२८ संरचना पर्नुका साथै कृषि जमिन र बसोबास भएको क्षेत्र गरी १३८.५ हेक्टर जमिन अधिग्रहण गर्नुपर्ने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ ।परियोजना निर्माणका क्रममा सडकको दायाँबायाँ निर्माण गरिने संरचनाबाहेक पुरिएको र खनिएको स्थानमा बायोइन्जिनियरिङ प्रविधिबाट जमिनको संरक्षण गर्न करिब एक अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।सानाठूला गरी १२० वटा पुल निर्माण गरिने द्रुत मार्गको डिजाइनअनुसार सवारीसाधनको गति प्रतिघन्टा ६० देखि ८० किलोमिटर हुनेछ । सेनाले निजगढदेखि खोकनासम्म ६ ठाउँमा ब्यारेक बनाएर निर्माणकार्य सुरु गर्न लागेको हो । सेनाले सानो खोकना, सिस्नेरी, इपा, लेनडाँडा, बुदुने र रतनपुरीमा ब्यारेक बनाएर निर्माणको काम गर्ने नेपाली सेनाका इन्जिनियर महासेनानी योगेन्द्र खाँडले जानकारी दिनुभयो । उहाँका अनुसार बुदुनेमा रहेको सेनाको ब्यारेकले १७.८ किमि सडक खन्नेछ भने अन्य ब्यारेकले १०/१० किमि सडक खन्नेछन् । तत्काल निर्माणकार्यका लागि सरकारले १० करोड रुपियाँ उपलब्ध गराएको छ । सेनाद्वारा निर्माण गर्न लागिएको यो सडकले खोकना, ठिङ्गन, श्रीपुर छतिवन, हेटौँडा, निजगढ र पथलैयालाई छुने इन्जिनियर खाँडले बताउनुभयो ।
प्रधानसेनापति छत्रमान सिंह गुरुङले नेपाली सेनाले देशभर १७ वटा सडक निर्माण गरिसकेको इतिहास रहेको भन्दै यो सडक पनि निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेनाले हाल फास्टट्रयाकसहित छवटा सडक निर्माण गरिरहेको जानकारी पनि सेनापति गुरुङले दिनुभयो ।

No comments:
Post a Comment