News

Nov 10, 2009

प्रहरीका ४५ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयको प्रतीक्षापछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४५ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ। बढुवामा पर्नेहरूमा नवराज सिलवाल, रविराज श्रेष्ठ, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, योगेन्द्रबहादुर कटवाल, सुदीप आचार्य, पशुपति उपाध्याय, माधवप्रसाद जोशी, रोमेन्द्रसिंह देउजा, प्रकाश अर्याल र माधवप्रसाद नेपाल रहनुभएको छ। त्यसै गरी रणबहादुर चन्द, बमबहादुर भण्डारी, गोविन्दप्रसाद निरौला, मधुप्रसाद पुडासैनी, घनानन्द भट्ट, कमलसिं बम, रमेशप्रसाद फुयाल, मिङमार लामा, पंकज श्रेष्ठ, केशरीराज घिमिरे, विजयलाल कायस्थ, घनश्याम भट्ट र शशिहजुर सिलवालको बढुवा भएको छ। त्यसै गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुनेहरूमा दिवाकर केसी, पुष्पराज केसी, शैलेन्द्र खनाल, जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, सुरजकुमार श्रेष्ठ, नरेन्द्रकुमार सिंह, अरविन्द धिताल, श्रीकान्त कोइराला, प्रहलाद केसी हुनुहुन्छ। यस्तै अन्य बढुवा हुनेमा उत्तम खड्का, नारायणबाबु थापा, रामशरण पौडेल, खडानन्द चौधरी, दुर्गाबहादुर कुँवर, निराकारमविक्रम शाह, रवि थापा क्ष्’त्री, राजेश श्रेष्ठ र बाबुराम पाण्डे हुनुहुन्छ। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशकमा बढुवा हुनेमा अर्जुन केसी, रमेशकुमार भण्डारी, दिलीपराज रेग्मी, केशवबहादुर सिंह, गणेशप्रसाद अधिकारी र राजेन्द्रकुमार खत्री हुनुहुन्छ। त्यसै गरी वासुदेव भट्ट, रविन्द्रप्रसाद सिंह, किवाङहाङ राई, भवीन्द्रकुमार मल्ल, लक्ष्मण गुरुङ, रामबहादुर कार्की, बाबुराम पौडेल, रवीन्द्र पण्डित, दिनेशलाल श्रेष्ठ, रामनन्दन कुसियत, भुवनराज लामिछाने, इश्वरभक्त श्रेष्ठ, राजेन्द्रकुमार जिसी, सनद अधिकारी र चैतन्यसागर कक्षपतिको उपअनुसन्धान अधिकृतमा बढुवा भएको छ।

No comments: