News

Sep 30, 2008

मन्दिरमा भागदौड हुँदा भारतमा कम्तीमा सयजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिमेकी मुलुक भारतको जोधपुरस्थित चामुण्डा मन्दिरमा मंगलबार बिहान भागदौड हुँदा कम्तीमा एकसय जनाको मृत्यु भएको छ । मन्दिरमा जाने साँधुरो बाटोमा रहेको पर्खाल भत्किएपछि भागदौड हुँदा चारसयभन्दा बढी घाइते भएका छन् । नवरात्रिको पहिलो दिन मंगलबार, घटस्थापना भएकाले पूजा गर्न हजारौ भक्तालुहरु मन्दिरमा पुगेका थिए ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार घटनापछि मन्दिर वरिपरीको अवस्था सामान्य बन्न सकेको छैन । उद्धारकर्मीहरुले घाइतेहरुको उद्धार कार्य जारी राखेका छन् ।उता, अर्को मित्रराष्ट्र पाकिस्तानमा दुइवटा बस एक आपसमा जुध्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी मुल्तानको मुज्जफरगडमा सोमबार राति एक यात्रुबाहक बस र दुध बोकेको ट्यांकर एकापसमा जुध्दा अन्य केही घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

No comments: