News

Sep 28, 2008

अमेरिकामा रहेका नेपालीहरुको एक कार्यक्रममा प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार वैधानिक राष्ट्रिय हितसहितको सम्वृद्धिका निम्ति अघि बढिरहेको बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा अमेरिकामा रहेका नेपालीहरुको एक कार्यक्रममा उहाँले हालै मात्र सम्पन्न आफ्नो चीन र भारत भ्रमण निकै सफल भएको भन्दै माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भ्रमणले नयाँ इतिहास कायम गरेको दाबी गर्नुभयो ।नेपालमा नयाँ संस्कृति र प्रकृया सुरु हुन लागेको भन्दै प्रधानमन्त्री प्रचण्डले ठिक ढंगले नेतृत्व गर्न सके नेपाल सम्वृद्धिको शिखरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघको ६३ औं महासभा अन्तर्गत सहस्राव्दी विकास लक्ष्यको वैठकमा आफूले विश्व समुदायलाई दिएको चुनौतीबारे जानकारी दिनुभयो ।कार्यक्रम हाल अमेरिकामा रहेका नेपालीको सहभागिता रहेको थियो । सहभागी नेपालीहरुले माओवादी नेतृत्वको सरकारप्रति आफूहरुको ठूलो आशा र अपेक्षा रहेको बताएका थिए । उनीहरुले नेपालको सुनौलो भविष्यका लागि सबैले एकवद्ध भएर काम गर्नुपर्नेमा जोड दिइएको जनाइएको छ ।

No comments: