News

Sep 25, 2008

अवैध ६० लाख भारतीय रुपियाँ काठमाडौं जिल्ला अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अवैध रूपमा भित्रिएका १ हजार र ५ सय दरका कुल ६० लाख भारतीय रुपियाँ काठमाडौं जिल्ला अदालतमा त्यत्तिकै थुपारेर राखेको पाइएको छ। त्यसलाई उचित रूपमा थान्को नलगाउने हो भने सो विदेशी रकम सडेर जाने अवस्थामा पुग्ने सो अदालतका स्रेस्तेदार गोपाल बास्तोलाले बताउनु भयो।बास्तोलाले सो रकम सक्कली भएको जानकारी दिनुभयो। उक्त रकम हाल काठमाडौं जिल्ला अदालतको दराजमा थन्क्याएर राखिएको छ।१ हजार र ५ सय दरका भारतीय रुपियाँ नेपालमा अवैध मानिएको हुनाले जिल्ला अदालतमा आएका त्यस्ता नोटहरू के गर्ने भन्ने अन्योलका कारण त्यत्तिकै थन्क्याएर राखिएको हो।स्रेस्तेदार बास्तोलाले भन्नुभयो- कागजी नोट हुन्। के गर्ने ती चाँडै नै गल्न पनि सक्छ। उचित रूपमा थान्को लागोस् भन्ने हाम्रो चाहना हो।’सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतको पहलमा थुप्रिएका ६० लाख भारू कसरी थान्को लगाउने भनी नेपाल राष्ट्र बैंकको प्रतिनिधिको रोहबरमा केही दिनअघि बैठक पनि बसेको थियो।थुप्रिएको सो रकम राष्ट्र बैंकको जिम्मामा लिने भनी बैठकमा निर्णयभए पनि कहिलेसम्म सो रकम हस्तान्तरण गर्ने भनी समय किटान गरिएको छैन।

No comments: