News

Sep 25, 2008

चीनबाट आयात हुने दुग्धजन्य पदार्थमा सरकारले प्रतिवन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विषाक्त पदार्थ मिसावट भएकाले गर्दा चीनबाट आयात हुने दुग्धजन्य पदार्थमा सरकारले प्रतिवन्ध लगाएको छ । त्यस्ता पदार्थ चीनबाट आयात गर्न अनि बिक्री वितरण गर्नमा सरकारले प्रतिवन्ध लगाएको हो । चीनमा उत्पादित दूधमा 'मेलामाइन' नामको औद्योगिक रसायन पाइएपछि सरकारले यस्तो प्रतिवन्ध लगाउको हो । प्रतिवन्ध अर्को सूचना जारी नभएसम्म लागू हुने् जनाइएको छ ।चीनबाट धूलो दूध, चकलेट जस्ता दुग्धजन्य वस्तु आयात र बिक्री वितरणमा रोक लगाइएको हो । मेलामाइन भन्ने रसायन खान नहुने औद्योगिक पदार्थ हो । प्लास्टिक, मल, जोड्ने पदार्थका सामान बनाउने काममा प्रयोग हुने यो रसायन मानव स्वास्थ्यका लागि हानीकारक मानिन्छ ।त्यस्तो पदार्थ मिसावट भएको दुग्ध पदार्थ सेवनबाट चीनमा चार बालबालिकाको मृत्यु भएको थियो भने ५४ हजारभन्दा बढी बालबालिका बिरमी भएका थिए । यो घटनापछि उक्त रसायन हानीकारक भएको पुष्टि भएको थियो । उक्त घटनापछि अन्य विभिन्न मुलुकले पनि चीनबाट दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएका छन् ।

No comments: