News

Sep 23, 2008

संविधानसभा सदस्यहरूको लागि भारतले पाँच बस प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारत सरकारले संविधानसभा सदस्यहरूको सुविधाका लागि ३२ सिट क्षमताको पाँच वटा बस प्रदान गरेको छ । भारतीय राजदूत राकेश सुदले सभामुख सुवास नेम्बाङलाई संविधानसभा भवनमा ती बसको साँचो हस्तान्तरण गर्नुभयो । बसको कुल मूल्य करिब ५५ लाख पर्ने जनाइएको छ ।त्यसअवसरमा राजदूत सुदले नेपालमा शान्ति, दिगो राजनीतिक तथा आर्थिक स्थिरता कायम गर्न भारत सदैव सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको यस उपहार सहयोगबाट समेत स्पष्ट हुने धारणा व्यक्त गर्नुभयो । नेपालका विभिन्न क्षेत्रमा २३० करोडभन्दा बढीको भारतीय लगानीमा २९० भन्दा बढी साना ठूला योजना सञ्चालन भइरहेको उक्त अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

No comments: