News

Sep 25, 2008

महसुल नबुझाएपछि सरकारी कार्यालयका टेलिफोन काटियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिकम पोखराले अधिकांश सरकारी कार्यालयका टेलिफोन लाइन काटेको छ। फोनको महसुल नबुझाएपछि टेलिकमले लाइन काटेको हो। लाइन काटेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी टेलिफोनविहीन भएका छन्। सरकारी कार्यालयले लामो समयदेखि महसुल नबुझाएकोले बाध्य भएर लाइन काटेको नेपाल टेलिकम पोखरा शाखाका प्रमुख र्सूयनारायण मालाकारले जानकारी दिए। मालाकारका अनुसार प्रहरीले प्रयोग गरेका फोनको महसुल तिर्न सबैभन्दा बढी रहेको छ। एउटा फोनको ५ लाखसम्म महसुल भइसकेको बताउँदै मालाकारले अब लिखित नगरीकन लाइन नजोड्ने बताए। लाइन काटिएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल आर्मी टेलिकमको कार्यलयमा पुगेको जनाइएको छ। उनीहरूलाई टेलिकम पोखराका लेखा प्रमुख कुमार खतिवडाले रकम तिर्ने लिखित प्रतिबद्धता नजनाएसम्म लाइन नजोड्ने बताए। लिखित प्रतिबद्धता पनि समय तोकेर यति समयभित्र तिर्र्छौं भन्नुपर्छ।’ -खतिवडाले भने।लेखा प्रमुख कुमारका अनुसार पहिलो चरणको कारबाही भएकोले टेलिकमले विभिन्न सरकारी कार्यालयका ७० वटा टेलिफोन लाइन एकतर्फी काटिदिएको छ। ती कार्यालहरूबाट करिब ८० लाख बाँकीबक्यौता रहेको उनले बताए। ती कार्यालहरू १० हजारदेखि माथि रुपियाँ बाँकी हुनेहरू हुन्। १० हजारभन्दा कम बक्यौता हुने सरकारी कार्यालहरूका १८ वटा लाइन भने काटिएको छैन। लेखा प्रमुख कुमारले रकम नतिर्नेमा जिल्ला प्रशासन कार्यालय कास्की रहे पनि लाइन भने नकाटिएको बताए। तर, पत्रको कुनै मौखिक र लिखित जवाफ नआएपछि सिडिओसँग कुरा गरेर लाइन काट्न बाध्य हुने टेलिकमले जनाएको छ। फोनविहीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेशकुमार श्रेष्ठले पहिलादेखिको बक्यौता रहेको र अहिले बजेट अपुग भएकाले एकैचोटी तिर्न नसक्ने बताए।

No comments: