News

Sep 23, 2008

राजधानीमा दुइ दिने उर्जा सम्मेलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा जलविद्युतको उपयोग गरी स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्ने उद्देश्यले आज सोमबारदेखि राजधानीमा उर्जा सम्मेलन सुरु भएको छ । स्वतन्त्र विद्युत उत्पादन संघ-इयान, भारतको पावर ट्रेडिङ कर्पोरेशन-पीटीसी र नेपाल-भारत चेम्बर अफ कमर्सद्वारा आयोजना गरिएको सम्मेलनमा नेपाल-भारतलगायत विभिन्न देशका उर्जा क्षेत्रसँग सम्बन्धित ३ सय जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् ।दुइ दिनसम्म सञ्चालन हुने सम्मेलनमा विद्युत उत्पादन, वितरण, जलस्रोतको उपयोग, नवीकरणीय उर्जा, भारतीय लगानीको सम्भावनालगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिने जनाइएको छ । नेपालमा तेस्रो पटक हुन लागेको यस किसिमको उर्जा सम्मेलनले जलविद्युतमा स्वदेशी तथा विदेशी लगानीका लागि आकर्षित गर्नुका साथै जलविद्युत विकासको सम्भावनाको खोजी, उर्जा सुरक्षा तथा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।इयानका अध्यक्ष डा. सन्दीप शाहले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य हासिल गर्न जलविद्युतमा स्वदेशी एवं विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्ने बताउँदै सम्मेलनले लगानी अभिवृद्धिका लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

No comments: