News

Sep 26, 2008

अफगानिस्तानमा पनि करिब अढाइसय नेपालीको बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इराकी राजधानी बगदादमा सयौं नेपाली अलपत्र परेको खबर सार्वजनिक भएलगत्तै अफगानिस्तानमा पनि करिब अढाइसय नेपालीको बिचल्ली भएको तथ्य खुलासा भएको छ । रोजगारीका लागि गएका नेपाली युवकहरु अफगानिस्तानको काबुलमा अलपत्र अवस्थामा रहेको खुलेको हो ।झापा,रामेछाप, नवलपरासीलगायत स्थानका गरी करिब २ सय ५० नेपाली त्यहाँ अलपत्र परेको अलपत्र परेकाहरुले आफ्ना घरमा टेलिफोन गरी जानकारी दिएका हुन् । झापाको सतासीधामका विष्णुप्रसाद प्रसाइँले घरमा टेलिफोन गरी आफू सहितका नेपालीहरु बिचल्लीमा परेको जानकारी दिएका हुन् ।दलाल मार्फत ठूलो रकम तिरेर उनीहरु धेरै रकम कमाउने उद्देश्यले त्यता गएका हुन् । उनीहरुलाई भारतको दिल्ली हुँदै काबुल पुर्‍याइएको जनाइएको छ । यसैबीच, बिचल्लीमा परेकाहरुका परिवारले आफन्तलाई सुरक्षित घर फर्काइदिन आग्रह गरेका छन् ।यसैगरी, इराकको बगदादमा अलपत्र परेका नेपालीहरुको अवस्थाबारे बुझ्न साउदी अरेबिया र पाकिस्तानस्थित नेपाली कुटनीतिक नियोगले पहल थाल्ने भएका छन् । उनीहरुलाई परराष्ट्र मन्त्रालयले अलपत्र परेकाहरुबारे जानकारी लिइ उद्धार प्रक्रिया समेत बुझ्न निर्देशन दिएको हो

No comments: