News

Sep 22, 2008

मोर्चाद्वारा गोली हानी सुरक्षा गार्डको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनुषाको महेन्द्रनगरस्थित हिमालयन प्लाइउड कम्पनीका सुरक्षा गार्ड कुमार खड्कालाई जनतान्त्रिक तराइ मुक्ति मोर्चा राजन समूहका कार्यकर्ताले आइतबार राति गोली हानी हत्या गरेका छन् । आधा दर्जनको संख्यामा आएका मोर्चाका सशस्त्र कार्यकर्ताले उनको छातीमा गोली प्रहार गरेका थिए ।प्रहरीका अनुसार गोलीले गम्भीर घाइते भएका उनलाई जनकपुर अञ्चल अस्पताल लैजाँदा लैजाँदै बाटामै मृत्यु भएको थियो । यसैबीच, उनको हत्याको विरोधमा मजदुर र स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्गमा यातायातका साधन समेत चल्न दिएका छैनन् ।

No comments: