News

Sep 27, 2008

न्यूयोर्कमा रहनुभएका प्रचण्डले कुटनीतिक भेटलाई तीब्रता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कुटनीतिक भेटलाई तीब्रता दिनुभएको छ । यही क्रममा प्रधानमन्त्री प्रचण्ड र सर्वियाका राष्ट्रपति वोरिस टाडिकबीच भेटवार्ता भएको छ । न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र वंगलादेश सरकार प्रमुख फख्रुद्दिन र विश्व बैंकका उपाध्यक्ष इसावेल गुरेरोबीच पनि भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको राजनीतिक तथा आर्थिक नीतिका साथै मानव तथा प्राकृतिक स्रोत साधनको उपयोगका विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्य, मुख्य सचिव डा. भोजराज घिमिरे, प्रधानमन्त्रीका प्रमुख निजी सचिव शक्तिबहादुर बस्नेत, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य र प्रधानमन्त्रीका सल्लाहकार हीराबहादुर थापा पनि उपस्थित हुनुहुन्थ्यो ।

No comments: