News

Sep 22, 2008

डा. रामवरण यादव पहिलो पटक गृहनगर जनकपुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति भएपछि डा. रामवरण यादव पहिलो पटक गृहनगर जनकपुर पुगेका छन् । राष्ट्रपति डा. रामवरण यादव गृह क्षेत्रको चारदिने भ्रमणको क्रममा जनकपुर आइपुगेका छन् । विशेष हेलिकप्टरबाट असोज ६ गते जनकपुर आइपुगेलगत्तै राष्ट्रपतिले जनकपुरस्थित जानकी र राम मन्दिरमा पुजापाठ गरेका छन् ।
परिवारका सदस्यसहित गृहनगर जनकपुर आएका राष्ट्रपतिलाई स्वागत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले प्रसाद दिए । आजै हेलिकप्टरबाट महोत्तरीको जलेश्वरनाथ गई राष्ट्रपतिले पुजापाठ गरेका छन् । राजधानीमा जारी इन्द्रजात्रा बिवादका कारण निर्धारित समयभन्दा चार घण्टा ढिलो जनकपुर आइपुगेका राष्ट्रपतिलाई आजै जनकपुर उद्योग बाणिज्य संघले नागरिक अभिनन्दन गर्दैछ ।
राष्ट्रपतिको आगमनका कारण जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच जानकी मन्दिरबाट राष्ट्रपति हिडनलागेको बेला मधेसी जनअधिकारका केही कार्यकर्ताले कालो झण्डा देखाएका छन् । केही दिनअघि बालबालिकाको कार्यक्रममा राष्ट्रपतिले एक मधेस एक प्रदेश आवश्यक नरहेको बताएका कारण फोरम कार्यकर्ताले कालो झण्डा देखाएको बताइएको छ । प्रहरीले कालो झण्डा देखाउने फोरम कार्यकर्ता दिनेश पूर्वेलाई पक्राउ गरेको छ ।

No comments: