News

Sep 22, 2008

महासचिव बान की मुनले अन्तर्राष्ट्रिय शान्ति दिवसको सन्देश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले अन्तर्राष्ट्रिय शान्ति दिवसका उपलक्ष्यमा आइतबार एक सन्देश दिँदै मानिसका अधिकारको हनन् भइरहेको र यस्तो विशेषतः सशस्त्र द्वन्द्वका क्रममा हुने गरेकाले मानव अधिकार सम्बन्धी
घोषणापत्रमा उल्लिखित अधिकारहरुको वास्तविक उपभोग हुनुपर्ने कुरालाई सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।उहाँले एक्काइसौँ शताब्दीमा उत्तम विश्व निर्माण गर्ने सबै मुलुकका नेताले सहमति जनाएको साझा लक्ष्य सहस्राब्दी विकास लक्ष्यको आधा समयावधि यो वर्ष नाघिसकेका छौँ भन्दै शान्तिका लागि उक्त लक्ष्य प्राप्ति गर्नु अत्यावश्यक रहेकामा जोड दिनुभयो ।महासचिव मुनले द्वन्द्व, गरिबी तथा भोकमरीविरुद्ध र सबैका लागि सबै मानवअधिकारका लागि हातेमालो गर्न संसारभरका सबै नेता तथा व्यक्तिलाई आहृवान गर्दै सन्देशमा भन्नुभएको छ- सबै मिलेर शान्तिका लागि शक्तिशाली सन्देश पठाऔँ जसलाई संसारभरि नै पढिनेछ, सुनिनेछ र आत्मसात् गरिनेछ ।

No comments: