News

Sep 26, 2008

अनेरास्ववियुको अध्यक्ष पदका लागि रामकुमारी झाँक्री र गोकुल घर्ती भिड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरामा जारी एमाले निकट अनेरास्ववियुको १९ औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदका लागि रामकुमारी झाँक्री र गोकुल घर्ती भिड्ने भएका छन् । सहमतीमा नयाँ नेतृत्व चयन प्रयास असफल भएपछि निर्वाचन प्रकृयाबाट नेतृत्व छनौट गर्न लागिएको हो ।पोखरामा जारी महाधिवेशनमा मनोनयनमा उपाध्यक्षमा पुरुषेत्तम आचार्य र सोबियत ढकाल, महासचिबमा उपेन्द्र पौडेल र माधव ढुङ्गेल, सचिबमा रुपेस खतिबडा र किशोरबिक्रम मल्ल तथा कोषध्यक्षमा नरबहादुर धामी र रत्न खत्रीले उम्मेदबारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रिया अन्तर्गत सबै उम्मेद्वारहरु चुनाव प्रचार प्रसारमा लागेका छन् ।महाधिवेशनमा उपस्थित प्रतिनिधिले आआफ्ना उम्मेद्वारहरुलाई जिताउँन नारा जुलुस लगाइरहेका छन् । बिहीबारै रातिबाट निर्वाचन हुने जनाइएको छ ।

No comments: