News

Sep 23, 2008

जनकपुर अभिनन्दन समारोहमा राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा.रामवरण यादवले विभिन्न विसंगति तथा समस्या सुल्झाउनका लागि समन्वयको संस्कृति निर्माण अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उद्योग वाणिज्य संघ, जनकपुरधामद्वारा आयोजित अभिनन्दन समारोहमा उहाँले हिंसात्मक प्रवृत्तिले राष्ट्र निर्माण हुन सक्दैन भन्दै आवेशपूर्ण क्रियाकलापले लोकतान्त्रिक संस्कृतिको विकासमा गतिरोध उत्पन्न गर्नसक्ने धारणा राख्नुभयो । प्रत्येक व्यक्तिलाई सार्वभौम नागरिकका रूपमा अधिकार दिलाउन वैज्ञानिक ढंगले मुलुकको संरचना निर्माण हुनु जरुरी छ भन्दै उहाँले संविधानसभामार्फत न्यायपूर्ण सामाजिक संरचना निर्माण गर्ने संविधान बनाउने गहन दायित्व सभासद्हरूलाई रहेको बताउनुभयो । राष्ट्रपति डा.यादवले विगतमा स्रोत, साधन र विभिन्न अवसरको समानुपातिक वितरण नभएका कारण राष्ट्र तरल अवस्थामा रहेको उल्लेख गर्दै मानवीय स्वाभिमान कमजोर हुने क्रियाकलाप हुन नदिइ समयमै संविधान निर्माण गर्नु सबैको सामूहिक जिम्मेवारी हो भन्नुभयो ।

No comments: